मेयरसाप

कीर्तिपुर नगरपालिका

स्थानीय तह

भरतपुर महानगरपालिका

बालेन शाह

सुनिता डंगोल

खेलकुद मेला

ललितपुर नगरपालिका

लुम्बिनी विकास कोष

बुटवल उपमहानगरपालिका

अनुगमन

प्रशासकीय भवन

हुम्लाको सर्केगाडमा मतदान जारी, ४० प्रतिशत भन्दा बढी मतदान

यहाँ ६ हजार ८१० मतदाता रहेको जानकारी

Mayorsap

आइत, मंसिर १६, २०८१ | १३:१७ बजे

हुम्ला । सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका लागि शान्तिपूर्ण मतदान जारी छ । मुख्य निर्वाचन कार्यालयका अनुसार १२ः ४०  बजेसम्म ४० प्रतिशत मतदान भएको छ ।

 

१२ वटा मतदानस्थल, र १३ वटा मतदान केन्द्रमा ३ हजार ५९४ मत अर्थात ४०  प्रतिशतभन्दा बढी मतदान भइसकेको मुख्य निर्वाचन अधिकृतले बताए ।

 

उनका अनुसार मतदान शान्तिपूर्ण रूपमा भइरहेको र यहाँ ६ हजार ८१० मतदाता  रहेको मुख्य निर्वाचन अधिकृतले बताए ।

 

सर्केगाडका देवल प्रावि, सरस्वती मावि, लालीगुँरास मावि, देवकोटा मावि, हिमज्योति मावि, भवानी मावी, धुमचुली मावि कल्लास, स्वयम्भू मावि, ईश्वर मावि, कोट मावि, अंशुवर्मा मावि र नीलकण्ठ सामुदायिक प्राविका मतदान केन्द्रमा भोट हाल्न मतदाता लाइनमै बसेका छन् ।

 

उपाध्यक्ष पदका लागि एक स्वतन्त्र सहित ६ जना प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित उपाध्यक्ष चन्द्रसिंह कार्कीको २०८१ भदौ ४ असारमा गाडी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो ।

 

उक्त मतदान केन्द्रमा ७३ जना कर्मचारी खटिएका र मतदान केन्द्रमा १७३ जनाभन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology