उपनिर्वाचन अपडेटः दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान
कतिपय स्थानमा मतगणना सकिए लगत्तै मतगणना सुरु गर्ने तयारी
Mayorsap
आइत, मंसिर १६, २०८१ | १४:०५ बजे
काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदमा मतदान जारी छ । निर्वाचन आयोगका अनुसार दिउँसो एक बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।
हालसम्म मतदान शान्तिपूर्ण रहेको र कतिपय स्थानमा मतगणना सकिए लगत्तै मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।