गौरीशंकरको मतपेटिका ल्याउनै २ दिन लाग्ने, मतगणना आज नहुने
मतमेटिका गणनास्थल ल्याउन हिँडेर २ दिन लाग्ने
Mayorsap
आइत, मंसिर १६, २०८१ | १५:०१ बजे
काठमाडौं । दोलखास्थित गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको मतगणना आज (आइतबार) सुरु नहुने भएको छ । ९ नम्बर वडाको मतमेटिका गणनास्थल ल्याउन हिँडेर २ दिन लाग्ने भएकोले आज नै मतगणना गर्ने सम्भावना नरहेको हो ।
मतदान भइरहेको ९ नम्बर वडा बेदुङबाट मतपत्र संकलन गर्न आज सम्भव नहुने भएकाले सोमबारबाट गणना हुने मतदान अधिकृत धर्मराज तामाङले बताएका छन । त्यहाँको मतदान सकेर आज नहिंड्ने कुरा रहेको छ । हेलिकोप्टरले ल्याउने तयारी पनि छैन । गौरीशंकरमा दुई मतदान केन्द्र छन् ।
गौरीशंकरको उपाध्यक्षका लागि दलगत र स्वतन्त्र गरी १६ जनाको मनोनयन दर्ता भएको छ । कांग्रेसबाट पासदिकी शेर्पा, एमालेबाट उमा मगर शेर्पा, माओवादी केन्द्रबाट निमलेकी शेर्पा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोमा श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट रविना खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट मनकुमारी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) बाट सपना कार्की खड्का उम्मेदवार छन् ।
त्यस्तै, स्वतन्त्रबाट अप्सरा विश्वकर्मा, अम्बिका श्रेष्ठ, दीपक तामाङ, दिलबहादुर बस्नेत, द्वारिका बुढाथोकी, पुष्पा कार्की, मधुरा कार्की, शिव शम्भु तामाङ र सर्कीमा शेर्पा उम्मेदवार छन् ।