Ad Image

कीर्तिपुरको मतगणना पनि आजै राति अबेरबाट सुरु हुने

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733049014.png

काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आइतबार राति अबेरबाट सुरु हुने भएको छ । २० स्थलमा ३८ मतदान केन्द्रबाट मतदान जारी रहेको छ ।

 

मतगणनाको पूर्व तयारी भइसकेको कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पुर्षोत्तम पौड्यालले जानकारी दिए ।


नगरपालिकाको हलमा मतगणना गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ । ‘मतपत्रका सबै बाकस आइसकेपछि  सर्वपक्षीय छलफल पछि  सम्भवतः राति १० बजेपछि मतगणना सुरु हुने  अधिकृत पौड्यालले बताए ।

 

हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मत खसाल्ने कार्य भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

३१ हजार ११२ मतदाता रहेको कीर्तिपुरमा दिउँसो २ बजेसम्म १७ हजार बढी मत खसेको सहायक निर्वाचन अधिकृत पौड्यालले जानकारी गराए । कीर्तिपुरमा प्रमुख र वडा नम्बर १ र ४ वडाध्यक्षका लागि मतदान भइरहेको छ ।

 


नगर प्रमुखका लागि २० जनाको उम्मेदवारी परेको थियो । एकीकृत समाजवादीका भानु रिजालले माओवादी केन्द्रका उम्मेदवार र स्वतन्त्रका नरेश श्रेष्ठले अर्का स्वतन्त्र उम्मेदवार राजमान मानवलाई समर्थन गरेका छन् ।