मेयरसाप

कीर्तिपुर नगरपालिका

स्थानीय तह

भरतपुर महानगरपालिका

बालेन शाह

सुनिता डंगोल

खेलकुद मेला

छिन्नमस्ता गाउँपालिका

दसैँ

स्तनपान कक्ष

रमेश लेखक

सिदिङ्वा गाउँपालिका

मतगणना अपडेट : कहाँ-कहाँ काे काे विजयी भए ?

Mayorsap

आइत, मंसिर १६, २०८१ | २०:५५ बजे

काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तरगत आइतबार सम्पन्न मतदानको मतगणना सुरु भएको छ ।

गोरखा नगरपालिका वडा नम्बर–५, कालीकोटको तिलागुफा नगरपलिका–४, जाजरकोटको कुशे गाउँपालिका ७ सहितका विभिन्न स्थानमा मतगणना सुरु भएको छ ।

कालिकाेटबाट तिलागुफा नगरपालिका–४ मा मनगणना सकिएर नेमकिपाका उम्मेदवार विजयी भइसकेका छन् ।  नेमकिपाका उम्मेदवार खड्गराज शाहीले १४३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादीका नैशाेभा शाहीले ११६ मत प्राप्त गरिन् । अन्य स्थानमा पनि मतगणना भइरहेकाे छ । केही ठाउँमा मतगणनाकाे लागि तयारी भइरहेको निर्वाचन आयाेगले जनाएकाे छ ।

आइतबार स्थानीय तह उपनिर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको छ।  उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेकोमा हालसम्मको प्राप्त विवरण अनुसार करिब ६२ प्रतिशतले मतदान गरेका छन्।

निर्वाचन आयाेगका अनुसार एउटा मात्रै मतदान स्थल रहेका १५ वटा वडाको वडा अध्यक्ष पदको मतगणना सम्बन्धित मतदान स्थलमा नै हुने व्यवस्था मिलाइएको छ भने अन्य स्थानमा सबै मतदान स्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरी मतगणनाकाे चरणमा रहेका छन् ।

उपनिर्वाचन प्रयोजनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटा राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको थियो।

आज नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडा अध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि मतदान भएको हो ।  उपनिर्वाचनमा राजनीतिक दलका २७४ जना र स्वतन्त्र १०२ जना गरी जम्मा ३७६ जना उम्मेदवार रहेकाे आयोगले जनाएको छ ।  

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology