मेयरसाप

कीर्तिपुर नगरपालिका

स्थानीय तह

भरतपुर महानगरपालिका

बालेन शाह

सुनिता डंगोल

खेलकुद मेला

उपहार

भरतपुर महानगरपालिका

तुलसीपुर उपमहानगरपालिका

छत्रकोट गाउँपालिका

त्रिवेणी गाउँपालिका

कुष्ठरोग नियन्त्रणका लागी रामग्राम नगरपालिका र लेप्रोसी मिशनबीच सम्झौता

करिब रु. दुई करोड बराबरको कार्यक्रम

Mayorsap

मंगल, मंसिर १८, २०८१ | १७:१४ बजे

नवलपरासी । पश्चिम नवलपरासीमा कुष्ठरोग नियन्त्रण र जीवनस्तर सुधारका लागि रामग्राम नगरपालिका र लेप्रोसी मिशनबीच सम्झौता  भएको छ ।

 

कुष्ठरोग नियन्त्रणका साथै कुष्ठ प्रभावितको स्वास्थ्य र जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ नगरपालिकाले द लेप्रोसी मिशन नेपालसँग सम्झौता गरेको हो  । आगामी पाँच वर्षका लागि नगरपालिकासँग सम्झौता भएको नगरपालिकाले जनाएको हो ।

 

द लेप्रोसी मिसन नेपालको आर्थिक तथा प्राविधिक सहयोग र नगरपालिकासँगको साझेदारीमा एकीकृत कुष्ठरोग तथा अपाङ्गता कार्यक्रम आगामी पाँच वर्षसम्म सञ्चालन हुने भएको छ । त्यसका लागि करिब रु. दुई करोड बराबरको कार्यक्रम रहेको लेप्रोसी मिशन नेपाल संस्थाका प्रमुखले जानकारी दिए ।



नगर प्रमुख धनपत यादवले नगरपालिकाले लिएको स्वास्थ्य तथा जिविकोपार्जनका लक्ष्य पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन । सञ्चालन हुने परियोजनाअन्तर्गत समुदायमा कुष्ठरोग खोजपड्ताल, उद्यमशिलता विकास, लघु उद्यम स्थापना, क्षमता अभिवृद्धि, मानसिक स्वास्थ्य, खानेपानी र सरसफाइ तथा स्वच्छता पूर्वाधार विकास लगायतका विविध क्षेत्रमा काम हुने जनाइएको छ । 
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology