मेयरसाप

कीर्तिपुर नगरपालिका

स्थानीय तह

भरतपुर महानगरपालिका

बालेन शाह

सुनिता डंगोल

खेलकुद मेला

नलगाड नगरपालिका

‘छोरी सम्मान कार्यक्रम’

बागलुङ नगरपालिका

इस्मा गाउँपालिका

नौकुण्ड गाउँपालिका

उपनिर्वाचनबाट माओवादीको एजेण्डालाई जनताले अनुमोदन गरेको प्रचण्डको भनाई

उपनिर्वाचनबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताएका छन् ।

Mayorsap

मंगल, मंसिर १८, २०८१ | १७:३१ बजे

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनले आफ्नो पार्टीको एजेण्डालाई अनुमोदन गरेको बताएका छन् ।

 

गत आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार ११ स्थानमा निर्वाचित भएका थिए । २०७९ सालको निर्वाचनको भन्दा अहिले उपनिर्वाचनमा माओवादीले थप एक पालिका प्रमुख, थप एकसहित तीन उपप्रमुख र थप एकसहित ७ वडाध्यक्षमा आफ्नो उम्मेदवारलाई निर्वाचित गराउन सफल भएको हो ।



अध्यक्ष दाहालले उपनिर्वाचनबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताएका छन् । निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबबाट उत्साहजनक सफलता हासिल गरेको उनको भनाइ छ ।

 

उपनिर्वाचनको सबै परिणाम आएको भोलिपल्ट मंगलबार अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गरेर जनताले आफूहरुले अघि सारेका एजेण्डा र अघि बढाउन खोजेको अभियानलाई अनुमोदन गरेको बताएका हुन् ।

 

विज्ञप्तिको पूर्णपाठ

"स्थानीय तह उपनिर्वाचन २०८१ मा हाम्रो पार्टीलाई अमूल्य मतदान गर्ने सम्पूर्ण मतदाताहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु। निर्वाचित सबै जनप्रतिनिधिहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु । निर्वाचनमा अहोरात्र खट्ने हाम्रो पार्टीका नेता कार्यकर्ता, हाम्रो पार्टीलाई मायाँ गरी जनमत निर्माणमा योगदान गर्ने सम्पूर्ण तह र तप्काका जनसमुदाय तथा निर्वाचन सफल पार्न भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सञ्चार क्षेत्रलाई धन्यवाद ज्ञापन गर्दछु।"

"हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ सङ्कल्पको रुपमा लिएको थियो । खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रुपमा उपनिर्वाचनलाई लिएका थियौं । निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ । विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ । यसबाट हाम्रो पार्टीले अघि सारेका एजेण्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको छ ।

नेपाली जनताले गरेका विभिन्न आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिहरुको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन, फेरिएको व्यवस्थाअनुरुप जनताको अवस्था बदल्न र राज्यबाट हुने सेवा प्रवाहलाई सरल र सहजरुपमा जनताको घरदैलोमा पुर्याउने महत्वपूर्ण दायित्व स्थानीय सरकारको काँधमा छ । हाम्रो पार्टीले नेतृत्व गरेका स्थानीय तहहरुले उत्कृष्ट कार्य सम्पादन गर्दै आएका छन्, आगामी दिनमा यसलाई बढाउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेण्डामा केन्द्रित रहेर हाम्रा सबै जनप्रतिनिधिलाई पूर्णरुपमा जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्ध रहेको छ ।

अन्त्यमा, यो उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई हाम्रो पार्टीले आफ्नो एजेण्डा र आफ्नै एकल पहिचानका साथ प्रतिष्पर्धा गर्न प्राप्त गरेको जनादेशको रुपमा लिनेछ । यो अपार जनविश्वासलाई अझ सुदृढ बनाउँदै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।"

पुष्पकमल दाहाल ‘प्रचण्ड’

(अध्यक्ष)

नेकपा (माओवादी केन्द्र), केन्द्रीय कार्यालय
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology