मेयरसाप

कीर्तिपुर नगरपालिका

स्थानीय तह

भरतपुर महानगरपालिका

बालेन शाह

सुनिता डंगोल

खेलकुद मेला

कमलबजार नगरपालिका

पनौती नगरपालिका

औद्योगिक ग्राम

गोरीकला बुढा

हरिवन नगरपालिका

त्रिवि स्ववियु कार्यालयमा संयुक्त विद्यार्थी सङ्गठनले लगाए ताला

एनपीएल उद्घाटनको दिन उठाएको शुल्क अवैधानिक भएको दाबी

Mayorsap

मंगल, मंसिर १८, २०८१ | १७:५८ बजे

काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनहरूले त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को कार्यालयमा ताला लगाएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा पार्किङ शुल्क उठाइरहेको भन्दै ताला लगाएका हुन् ।


अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (छैटौँ), अखिल (समाजवादी) र नेपाल समाजवादी विद्यार्थी युनियनले संयुक्त रूपमा स्ववियु कार्यालयमा ताला लगाएका हुन् ।


स्ववियुले एक्लौटी निर्णय गरी पैसा कमाउने र निकटका विद्यार्थीलाई परिचालन गरी अपारदर्शी ढङ्गबाट भौचर कटाई पार्किङको नाममा शुल्क उठाइरहेको आरोप लगाएको । उद्घाटनको दिन उठाएको शुल्क अवैधानिक भएको उनीहरूको दाबी छ ।


पार्किङ शुल्क उठाई विश्वविद्यालय र विद्यार्थीहरूको साझा संस्था स्ववियुको गरिमामाथि आँच आउने कार्य गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । स्ववियुले गरेको उक्त अपरिपक्व कार्यप्रति आपत्ति जनाउँदै घोर भर्त्सना गरेका छन् ।

अवैधानिक गतिविधिमा संलग्न व्यक्तिमाथि तत्काल छानबिन गरी आवश्यक कारबाही गर्न समेत माग गरेका छन् । छानबिनको माग गर्दै स्ववियु कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको सङ्गठनहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

उक्त कार्यमा संलग्न व्यक्ति र गतिविधिमाथि छानबिन गरी कारबाहीको दायरामा नल्याए थप आन्दोलनका गतिविधिहरू सञ्चालन गर्ने चेतावनी दिएका छन् ।

देशको प्रतिष्ठाको रूपमा सञ्चालन भइरहेको एनपीएलमा खेल अवधिभरी सवारी साधनहरूको निःशुल्क पार्किङको व्यवस्थापन गर्न समेत सम्बन्धित निकायसँग माग गरेका छन् । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology