Ad Image

गढीमाई मेलाका अवसरमा मधेश प्रदेश सरकारद्वारा मंसिर २३ गते सार्वजनिक बिदा दिने

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733228632.jpeg

जनकपुरधाम । बाराको महागढीमाई नगरपालिकामा लाग्ने पञ्चवार्षिक गढीमाई मेलाको अवसरमा मंसिर २३ गते आइतबार प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ ।

 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने मंसिर २३ गते सार्वजनिक तथा सरकारी निकायका लागि बिदा घोषणा गरेको हो ।


मुख्यमन्त्री सतिशकुमार सिंहले प्रति लाखौँको सँख्यामा श्रद्धालु भक्तजनहरूको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले र प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासलाई थप बलियो बनाउने गरी बिदा घोषणा गरिएको बताए ।