मेयरसाप

लुम्बिनी विकास कोष

टेम्केमैयुङ गाउँपालिका

स्थानीय पाठ्यक्रम

मालिकार्जुन गाउँपालिका

राजपुर गाउँपालिका

धनगढीमाई नगरपालिकाका अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

औषधि खरिदमा अनियममिता गरेको ठहर

Mayorsap

बिही, मंसिर २०, २०८१ | १६:४७ बजे

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेसहित पाँचजनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

 

औषधि खरिदमा अनियममिता गरेको ठहर गर्दै अख्तियारले  तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

 

उनका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बगाल, लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसाद, तत्कालीन स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, तत्कालीन जिन्सी शाखा प्रमुख सम्पैत यादव र हेल्पिङ्ग मल्टिपर्पोज प्रा.लि तथा उक्त फर्मका प्रबन्ध निर्देशक माधवप्रसाद गौतविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको हो ।

 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बगालेसहित पाँचैजनाविरुद्ध समान ४ लाख ६० हजार ८१० रुपैयाँ बिगोसहित मुद्दा दर्ता गरिएको छ ।

 

बिक्रेतासँगको मिलेमतोमा औषधि खरिद नगरेर बिल बनाएर दाखिला नगरी रकम निकासा गरेको भन्ने उजुरी परेपछि अनुुसन्धान गर्न उनीहरुको अनियमितता भएको पुष्टि भएपछि मुद्दा दर्ता गरिएको अख्तियार प्रवक्ता घिमिरेले जानकारी दिए । 
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology