दक्षिण कोरियाका पूर्व सैनिकले खौरिए टाउको,राष्ट्रपतिको कार्यालय अगाडि निकाले जुलुस
जुलुसको माग युनलाई सत्ताबाट हटाउनुपर्ने थियो ।
Mayorsap
बिही, मंसिर २०, २०८१ | १७:२४ बजे

सोल । दक्षिण कोरियामा राष्ट्रपति युन सुक–योलविरुद्ध प्रदर्शन जारी छ । यहाँ पूर्व कोरियाली सैनिकले विरोधका रूपमा आफ्नो टाउको खौरिएका छन् । बिहीबार बिहान पूर्व सैनिकहरूले राष्ट्रपतिको कार्यालय अगाडि एउटा जुलुस निकालेका थिए ।
जुलुसको माग युनलाई सत्ताबाट हटाउनुपर्ने थियो । सोही विरोधमा एकजना पूर्व कोरियाली सेना र उनकी श्रीमतीले आफ्ना साथी प्रदर्शनकारीहरूको सामुन्ने आफ्नो टाउको खौरिएका थिए ।
दक्षिण कोरियामा विरोध देखाउन टाउको खौरिने चलन निकै पुरानो हो । सन् १९६० र ७० को दशकमा दक्षिण कोरियामा सैन्य तानाशाही भएको समयमा मानिसहरूले प्रशासनको विरोधमा प्रायः आफ्नो टाउको खौरिने गरेका थिए ।
पछिल्ला केही दशकहरूमा सामाजिक कार्यकर्ता र राजनीतिज्ञहरूले यसलाई विरोधको माध्यमको रूपमा अपनाएका छन् ।