मेयरसाप

स्वास्थ्य क्लिनिक

बटेश्वर गाउँपालिका

नवजात शिशु

भजनी नगरपालिका

झापा गाउँपालिका

ललितपुरका तीन वडा स्वास्थ्य कार्यान्वयन समिति महानगरद्वारा पुरस्कृत

वडाका उत्कृष्ट टोल स्वास्थ्य उत्प्रेरक (टीएचपी) लाई पनि सम्मान

Mayorsap

बिही, मंसिर २०, २०८१ | १७:५१ बजे

ललितपुर  । ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेका तीनवटा वडा स्वास्थ्य कार्यान्वयन समितिलाई पुरस्कृत गरेको छ ।

विश्व स्वयंसेवक दिवसको अवसरमा आयोजित २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको दिन पारेर बिहीबार महानगरले वडा स्वास्थ्य कार्यान्वयन समितिलाई पुरस्कृत गरेको हो ।

वडा नंं. २० को समिति प्रथम, वडा नं.१३ को समिति दोस्रो र वडा नं.३ को समितिले तेस्रो पुरस्कार प्राप्त गरे । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले प्रथम हुनेलाई ६० हजार, दोस्रो हुनेलाई ४० हजार र तेस्रो हुने समितिलाई २० हजार नगदसहित सम्मान पत्र प्रदान गरे ।  

यसैगरी कार्यक्रममा वडाका उत्कृष्ट टोल स्वास्थ्य उत्प्रेरक (टीएचपी) लाई पनि सम्मान गरिएको थियो । यसका साथै कार्यक्रममा प्रत्येक वडाका एक जना उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकालाई सम्मान गरिएको थियो । यसैगरी अवकाश प्राप्त गर्ने महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका पनि कार्यक्रममा सम्मानित भए । ललितपुर महानगरमा २९ वटा वडा छन् ।

कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले कोरोना र डेगु नियन्त्रणमा महिला सामुदायिक स्वास्थ्य स्वयसेविका र  उत्कृष्ट टोल स्वास्थ्य उत्प्रेरकको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘उहाँको योगदान महत्वपूर्ण छ, घर घरमा पुगेर उहाँहरुले दिनुहुने स्वास्थ्य परामर्श सम्मान गर्न लायक छ ।’

बालमृत्युदर र मातृमृत्युदर घटाउन उहाँहरुको योगदान महत्वपूर्ण भएको नगर प्रमुख महर्जनले दाबी गरे । ललितपुर महानगरको महिला स्वास्थ्य स्वयमसेवक कोषमा रहेको  नौ लाख रकममा थप नौ लाख थपेर १८ लाख पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

सामाजिक विकास समितिका संयोजक एवम प्रवक्ता राजु महर्जनले स्वास्थ्य स्वयसेविकासम्बन्धी कार्यविधिको मस्यौदा तयार हुँदै गरेको जानकारी दिए । उनले भने, ‘कार्यविधि बनेपछि मात्रै सेवा सुविधाको कुरा, संस्थाको कुरामा छलफल गर्र्न सकिन्छ । ’ नागरिकलाई निरोगी राख्न  टिएच र महिला स्वास्थ्य स्वयसेविकाको भूमिका महत्वपूर्ण भएको बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले मातृमृत्युदा र बालमृत्युदर घटाउने महत्वपूर्ण भूमिका स्वास्थ्य स्वयमसेविकाहरुको बताएको बताए

ललितपुर महानगर जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले पछिल्लो समयमा उनीहरुले आमा र बच्चाको स्वास्थ्यमात्रै नभई दीर्घरोगका बारेमा समेत चेतना जगाउँदै सजग बनाएको बताइन् । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology