Ad Image

थाहा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतद्वारा पदभार ग्रहण

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733490287.jpg

मकवानपुर । मकवानपुर थाहा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतले पदभार ग्रहण गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ५ मंसिरमा सरुवा भई थाहा नगरपालिका आएका सुरेन्द्र प्रधान १० मंसिरमै हाजिर भएका थिए ।


प्रमुख प्रशासकीय अधिकृत प्रधानलाई नगर प्रमुख विष्णु बहादुर विष्टले एक कार्यक्रमकाबीच २१ मंसिरमा टिका तथा खादा लगाएर स्वागत गरे । यसअघिका थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी भने काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका सरुवा भएका छन् ।

 

स्वागत कार्यक्रममा थाहा ५ का वडाध्यक्ष विष्णु बहादुर गुरुङ, २ नम्बर वडा सदस्य युवराज विष्ट, ५ नम्बर वडा सदस्य कृष्ण मोक्तान, महाशाखा तथा शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।

 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रधानले सबैको सुहकार्यबाटै नगरपालिका राम्रो हुने बताउँदै जनप्रतिनीधि, कर्मचारी सबैको साथ, सहयोग र सहकार्यको लागि आग्रह गरेका छन् ।

 

प्रधान २०७३ सालबाटै पालिकाहरुको प्रशासनिक नेतृत्व सम्हाल्दै विभिन्न स्थानीय तहमा कार्य गर्दै आएका थिए ।