छविलाई स्थलमार्गबाट लगियाे वीरगन्ज, रविलाई हवाईमार्गबाट लगिँदै


काठमाडौं । सहकारी बचत अपचलन प्रकरणमा रवि लामिछानेलाई बयानका लागि काठमाडौं हुँदै वीरगन्ज लैजाने तयारी गरिएको छ । यसअघि छविलाल बन्जाडेलाई स्थलमार्गबाट वीरगन्ज लगिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार रविलाई बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइने छ । त्यसपछि उनलाई आजै सिमराको उडानबाट वीरगन्ज पठाइएकाे छ।
पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई आजै स्थलमार्ग हुँदै वीरगन्ज पुर्याइएको हाे । उनलाई आइतबार राति पोखराबाट लगिएको हो । छविसँगै अर्का प्रतिवादी रामबहादुर खनाल पनि वीरगन्ज पठाइएका छन् ।