मेयरसाप

सम्पादकीय

कर्मचारी

महाशिवरात्री

रमेश लेखक

सीप

धनगढीमाई नगरपालिका

क्व्होलासोथार गाउँपालिका

स्काइ–वाक टावर

राष्ट्रिय एकता सुदृढ बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड

माओवादी सक्कियो भन्नेहरुलाई उपनिर्वाचन गतिलो पाठ बनेको दाहालकाे भनाई

Mayorsap

मंगल, मंसिर २५, २०८१ | १८:०९ बजे

चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्  ।     


    
नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर कमिटीद्वारा आज यहाँ आयोजित खबरदारी सभामा उहाँले देशको राजनीति सोचेजस्तो सहज नभएको बताए । विश्वराजनीति परिस्थिति अनुसार नेपालको राजनीति परिस्थिति सहज हुन नसकेको बताए ।     

 

“अहिले विश्व परिस्थिति जसरी अगाडि बढ्दै छ । हाम्रो राष्ट्रिय एकता र स्वाधीनताको सुदृढीकरणमा नयाँ चुनौती देखापरेका छन् । हामी सबै सतर्क रहेर राष्ट्रिय एकतालाई सुदृढ गर्दै अघि बढ्नुपर्छ” उनले भने  ।  


    
फरक प्रसङ्गमा अध्यक्ष दाहालले स्थानीय तहको उपनिर्वाचनले माओवादी केन्द्रलाई पहिलो शक्ति बनाएको बताए। उनले भने, “स्थानीय तहमा भएको उपनिर्वाचनले २०८४ सालमा हुने निर्वाचनको झल्को दिएको छ । माओवादी सक्कियो भन्नेहरुलाई उपनिर्वाचन गतिलो पाठ बनेको छ ।”    

 
    
महानगर कमिटीका अध्यक्ष ईश्वर सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य घनश्याम दाहाल र निशा न्यौपानेले जनपरिचालन तथा पार्टी सुदृढीकरणका विविध पक्षबारे मन्तव्य व्यक्त गरेका थिए ।     


 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology