Ad Image

बेलबारी नगरपालिकामा सोमबार सार्वजनिक बिदा घोषणा

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734245008.png

मोरङ । बेलबारी नगरपलिकाले पुष १ गत्ते सोमबारका दिन सार्वजनिक बिदा घोषणा गरेको छ । उक्त नगरपालिका वडा नं. ८ का सदस्य तिलकरम खवासको मंसिर २८ गत्तेका दिन असामयिक निधन भएको छ । पालिकाले उनको शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै पुष १ गत्ते साेमबार एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।


पालिकाले एक सुचना जारी गर्दै नगर अस्पताल र बारुणयन्त्र सेवा बाहेक नगरपालिका र मातहतका कार्यलयहरुमा बिदा दिएको जनाएको छ । साथै मृत आत्माको चीर शान्तिको कामना गर्दै यस अकल्पनीय दुःखद निधनका कारण एक ईमान्दार र लगनशील जनप्रतिनिधि गुमाएको पनि पालिकाले सुचनामा उल्लेख गरेको छ ।