मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

उपनिर्वाचन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

काठमाडौं दरबार क्षेत्र

स्वास्थ्य क्लिनिक

सुनिता डंगोल

जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुँदै

दुई दिन चल्ने सम्मेलनमा स्तन क्यान्सर, फोक्सो क्यान्सर, स्त्रीरोग क्यान्सर, रगत क्यान्सरलगायत विभिन्न क्यान्सरका विषयमा बहस हुने

Mayorsap

आइत, मंसिर ३०, २०८१ | १४:०३ बजे

काठमाडौँ ।  सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने भएको छ । यही मार्च २१ र २२ अर्थात् चैत्र ८ र ९ गते हुने सम्मेलनमा विश्वका विभिन्न देशका क्यान्सर रोग विशेषज्ञहरूको सहभागिता रहनेछ ।

 

सम्मेलनका निर्देशक तथा विनयतारा फाउन्डेसनका अध्यक्ष डा. विनय शाहले सम्मेलनमा अमेरिका, भारत, बङ्गलादेश, नेपालका क्यान्सर रोग विशेषज्ञ र यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र सरोकारवालाहरू सहभागी हुने जानकारी गराए।

 

विश्वभर क्यान्सर उपचारमा भइरहेका नयाँ प्रगति, प्रविधि, अनुसन्धान र चिकित्सकहरूका अनुभवहरू सम्मेलनमा समेटिने आयोजकले जनाएको छ ।

 

दुई दिन चल्ने सम्मेलनमा नीतिगत बहस हुनेछन् । स्तन क्यान्सर, फोक्सो क्यान्सर, स्त्रीरोग क्यान्सर, रगत क्यान्सरलगायत विभिन्न क्यान्सरका विषयमा बहस हुनेछ । स्वास्थ्य बीमाका विषय लगायतमा बहस हुने बताएका छन् । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology