Ad Image

एनपीएलमा 'प्लेअफ'का २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734501948.jpg

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) काे 'प्लेअफ'मा आज दुई खेल हुँदैछन् ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान  बजे हुने

पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन् । यो खेलमा जित निकाल्ने टिम दोस्रो क्वालिफायरमा पुग्ने छ भने हार्ने टिम बाहिरिने छ ।

यस्तै आज १ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स पनि भिड्दैछन् ।

शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुरको विजेता फाइनल पुग्ने छ भने हार्ने टिमले दोस्रो क्वालिफायरका लागि चितवन र कर्णालीको खेलको विजेतासँग खेल्नुपर्ने छ । सुदूरपश्चिम र जनकपुरबीच हुने बहुप्रतिक्षित खेललाई दर्शकले निर्क चासोका साथ हेर्ने गरिन्छ ।  यी दुवै प्रतियोगिताको बलियो टिम हो ।

सुदूरपश्चिम लिग चरणमा ७ मध्ये ६ खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफ खेल्दै छ भने जनकपुर ७ खेलमा ५ जितसहित १० अंक जोडेर दोस्रो स्थानमा रहेर प्लेअफमा खेल्दै छ ।