मेयरसाप

सम्पादकीय

महाशिवरात्री

बुद्धजन्मस्थल

रुरुक्षेत्र गाउँपालिका

दुध र दुग्धजन्य पदार्थ

रास्कोट नगरपालिका

डुडुवा गाउँपालिका

जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स 'एनपीएल'को फाइनलमा

जनकपुरले फाइनल प्रवेशका लागि पुन मौका पाउने

Mayorsap

बुध, पौष ३, २०८१ | १९:४८ बजे

काठमाडौं । जनकपुर बोल्ट्सलाई आठ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एक सय ४० रनको विजयी लक्ष्य पच्छाएको सुदुरपश्चिम रोयल्सले १८ दशमलव तीन ओभरमा दुई विकेट गुमाएर एक सय ४१ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

सुदुरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ५८ रनको योगदान दिए । उनले ५५ बल खेल्दा तीन चौका र तीन छक्का प्रहार गरे । त्यस्तै कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाए । उनले १६ बल खेल्दै एक चौका र एक छक्का प्रहार गरे । त्यसैगरी सैफ जैबले २१ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३२ रन बनाए । ब्रेण्डन मक्मूलनले १९ बलमा एक चौका र एक छक्काको सहयोगमा २५ रन जोडे ।

बलिङ्तर्फ जनकपुरका ललित राजवंशी र किशोर महतोले समान एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रनको योगफल बनाएको थियो । जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै तीन चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ४५ रन बनाए । त्यस्तै शुभ कंसाकारले २४ बलमा २६ रन जोडे । लाहिरू मिलन्था र हर्ष ठोकरले समान १२/१२ रन जोडे भने आसिफ शेख र अरनिको यादवले समान ११/११ रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले तीन विकेट लिए भने सैफ जैबले दुई विकेट लिए । त्यस्तै स्कट कुगेलेइन र अविनाश बोहराले समान एकरएक विकेट लिए । लिग चरणको खेलमा पनि सुदूरपश्चिमले जनकपुरलाई पराजित गरेको थियो । यो हारसँगै जनकपुरले फाइनल प्रवेशका लागि पुन मौका पाउनेछ ।

भोलि हुने दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता कर्णाली याक्स र जनकपुरले खेल्नेछन् । दोस्रो क्वालिफायरको विजेता र सुदूरपश्चिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology