मेयरसाप

केपी ओली

मालिका गाउँपालिका

धरान उपमहानगरपालिका

छिन्नमस्ता गाउँपालिका

जनकपुरधाम उपमहानगरपालिका

बागलुङ नगरपालिका

रावा बेसी गाउँपालिका

रास्कोट नगरपालिका

दङ्गीशरण गाउँपालिका

यशोधरा गाउँपालिका

रघुगङ्गा गाउँपालिका

माडी नगरपालिकामा १ हजार २ सय बढी परिवार गरिबीको रेखामुनि

Mayorsap

बिही, पौष ४, २०८१ | ०७:१३ बजे

चितवन । जिल्लाको माडी नगरपालिकामा एक हजार दुई सय ६९ घरपरिवार गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । माडी नगरपालिकाले जारी गरेको एक सूचनाका आधारमा यी परिवारलाई अति गरिब, मध्यम गरिब र सामान्य गरिब भनेर वर्र्गीकरण गरिएको छ ।

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब घरपरिवार पहिचान सर्वेक्षण २०७८ मा आधारित गरिब घरपरिवारको सूची विवरण सार्वजनिक गरेको हो । नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीका अनुसार विसं २०७८ सालदेखि माडी नगरपालिकाका नौवटा वडामा आठजना गणक र एकजना सुपरिवेक्षकले घरधुरी सर्वेक्षण गरेका थिए । 

सोही सर्वेक्षणका आधारमा गरिब घरपरिवार पहिचान गरी सार्वजनिक गरिएको हो । हरेक घरमा कार्यविधि अनुसारका प्रश्नावली बनाएर सर्वेक्षण गरिएको भण्डारीले जानकारी दिए । घरको आम्दानी, खर्च, आर्थिक अवस्थालगायत विषयमा केन्द्रित रहेर गणना गरिएको थियो ।

प्रारम्भिक सूचीमा परेका गरिबहरूलाई नाम सच्याउन र विवरण समावेश गर्न नगरपालिकाले १५ दिनको सूचनासमेत प्रकाशन गरेको छ । यस सूचीमा परेका परिवारहरूलाई सरकारले परिचयपत्र वितरणसँगै राज्यबाट पाउने सेवासुविधामा उच्च प्राथमिकतामा राख्ने सूचना अधिकारीे भण्डारीले बताए ।

नगरप्रमुख ताराकुमारी काजी महतोले  गरिब परिवारको पहिचानसँगै नगरपालिकालाई भावी कार्यक्रम बनाउनसमेत सहयोग पुग्ने बताए । गरिब परिवार लक्षित कार्यक्रमहरू बनाउन यो तथ्याङ्कले सहयोग पुग्ने उनको भनाइ छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology