एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
Mayorsap
बिही, पौष ४, २०८१ | ०९:०८ बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्न १२ बजे सुरु हुने खेलमा इलिमिनेटरको विजेता कर्णाली र पहिलो क्वालिफायरमा पराजित जनकपुरबीच रोचक भेट हुनेछ।
लिग चरणमा चौथो स्थानमा रहेको कर्णालीले बुधबार भएको इलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो ।
लिगमा दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्स भने क्वालिफायर १ मा सुदूरपश्चिम रोएल्ससँग पारजित भएपछि क्वालिफायर टु खेल्न लागेको हो । सुदूरपश्चिमसँग पराजित भएपनि जनकपुरका लागि फाइनल पुग्ने अर्को अवसर छ ।
जनकपुर बोल्ट्स सम्भावित ११: आसिफ शेख, आकाश त्रिपाठी, लाहिरु मिलान्था, शुभ कंसाकार, हर्श थाकर, जिम्मी नीशम, अरनिको यादव, मोहम्मद मोहसिन, शेर मल्ल, किशोर महतो, ललित राजवंशी
कर्णाली याक्स सम्भावित ११: रित गौतम, जयकिसन कोल्सावाला, चाडविक वाल्टन, विलियम बोसिस्टो, जिसान मक्सुद, देव खनाल, गुल्सन झा, अर्जुन घर्ती, सोमपाल कामी, नन्दन याद, विपिन प्रसाद शर्मा