मेयरसाप

सम्पादकीय

महाशिवरात्री

हाटबजार

धनगढीमाई नगरपालिका

मधुवन नगरपालिका

सम्पादकीय

तातोपानी गाउँपालिका

हत्या आरोपमा खड्का गाउँबाट युवक पक्राउ

हत्याको कारणबारे अनुसन्धान हुँदै

Mayorsap

बिही, पौष ४, २०८१ | १२:३५ बजे

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–१० मा १७ वर्षीया सरिता तामाङको हत्यामा संलग्न आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका–३ घर भएका २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।


आरोपी काठमाडौँ–१४ स्थित खड्का गाउँबाट पक्राउ परेका हुन् । धादिङको गजुरी गाउँपालिका–४ घर भएर सतुंगल बस्ने सरिता तामाङ बुधवार डेरामा मृत भेटिएकी थिइन् । चन्द्रागिरी नगरपालिका–१० सतुंगल स्थित खरिबोटमा बस्ने तामाङ हराएको भनेर उनको दाजुले प्रहरीमा निवेदन दिएका थिए ।


आरोपीको साथबाट मृतकको मोबाइल बरामद गरिएको एसपी अधिकारीले जानकारी दिए । सरिता तामाङ नैकापस्थित विष्णुदेवी शिक्षा सदनमा १० कक्षामा अध्ययनरत थिइन् । हत्याको कारणबारे अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए । 
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology