Ad Image

धनुषामा बोराभित्र शव भेटियो

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734612069.jpg

जनकपुरधाम । धनुषामा बोराभित्र एक जनाको शव फेला परेको छ।

 

धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोराभित्र राखिएको अवस्थामा एक जनाको शव भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।


प्रहरीका अनुसार बोराभित्र अन्दाजी ३० वर्षीय युवकको शव सडेगलेको अवस्थामा फेला परेको हो ।

 

घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गर्न लागिएको डीएसपी सिंहले बताए ।

 

डीएसपी सिंहका अनुसार बिहीबार दिउँसो ३ बजेतिर बोराभित्र शव रहेको भन्ने स्थानीयले जानकारी गराएका थिए ।