Ad Image

जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या

User Image मेयरसाप डेस्क | ६ महिना अगाडि
Image of storage/news/1734614863.jpg

जनकपुर । धनुषामा एक वृद्धको हत्या भएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित दुर्गा मन्दिर परिसरमा अन्दाजी ६० वर्षीय वृद्धको गएराति हत्या भएको प्रहरीले जनाएको छ।टाउकोमा इटा प्रहार गरी हत्या गरिएको अवस्थामा उनको शव फेला परेको प्रहरीको भनाइ छ। मागेर खाने र राति मन्दिर छेउमै सुत्ने गरेको पाइएको छ। उनको पहिचान भने भइसकेको छैन ।

बाहिरबाट अर्को व्यक्ति आएर उनी सुत्ने ठाउँमै रक्सी र चुरोट खाएको र सोही क्रममा झगडा हुँदा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।  कुकुरसहित टोली परिचालन गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।