मेयरसाप

सम्पादकीय

महाशिवरात्री

कर्मचारी

वडाध्यक्ष

राजपुर गाउँपालिका

बुटवल उपमहानगरपालिका

हरिपुर्वा नगरपालिका

फलेवास नगरपालिका

सर्वाेच्चको आदेशपछि रिहा भए दुर्गा प्रसाईं

Mayorsap

शुक्र, पौष ५, २०८१ | १८:५४ बजे

फाइल तस्बिर

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतबाट रिहा भएका छन् ।  शुक्रबार साँझ उनी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतबाट रिहा भएका हुन् ।

रिहा भएसँगै उनले सञ्चारकर्मीसँग भनेका छन्, ‘अदालतले मलाई न्याय दिएको छ । सम्पूर्ण साइबर परिवारलाई धन्यवाद ।’  साथै, उनले तस्करहरूविरुद्धको लडाईं अझै जारी राख्ने बताएका छन् । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले प्रसाईंलाई रिहाइ गर्न आदेश दिएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो ।  सो मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा फेरि पक्राउ गरेको थियो ।

दोस्रो पटक दर्ता भएको  बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएको थियो । उनले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए । सोहीअनुसार सर्वोच्चले उनको निवेदन बमोजिम पक्षमा रिट जारी गरेको हो । 

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology