मेयरसाप

सम्पादकीय

महाशिवरात्री

कर्मचारी

तिलागुफा नगरपालिका

पुरातात्विक संरचना

राजविराज नगरपालिका

गोलबजार नगरपालिका

इस्मा गाउँपालिका

अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत

Mayorsap

शुक्र, पौष ५, २०८१ | २०:३४ बजे

सप्तरी । सप्तरीमा चार सयभन्दा बढी बोरा रासायनिक मल जफत गरिएको छ ।

बजार अनुगमन टोलीले मङ्सिर १९ देखि पुस ३ गतेसम्ममा चार सय पन्ध्र बोरा मल जफत गरेको हो । यही पुस ३ गते बुधबार टोलीले बोदेबरसाइन नगरपालिका–५ मा माँ डाक्नेश्वरी टे«डर्समा छापमारी ५६ बोरा रासायनिक मल जफत गरेको सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले बताए ।

उनका अनुसार डाक्नेश्वरी नगरपालिका–५ मा दर्ता रहेको उक्त टेड्रर्सले कालोबजारी गरी मल बिक्री गर्दै आएको थियो । मङ्सिर १९ गते डाक्नेश्वरी नगरपालिका–९ को आदर्श ट्रेडर्स एन्ड सप्लायर्सबाट दुई सय बीस बोरा र हनुमाननगर कङ्कालिनी नगरपालिका–७ का सत्यनारायण यादवको घरबाट मङ्सिर २६ गते एक सय ३९ बोरा मल जफत गरिएको थियो । जफत गरिएको मल साल्ट ट्रेडिङको अनुदान प्राप्तमध्यकै रहेको सहायक प्रमुख जिल्ला अधिकारी यादवले बताए । सो मल जफत गर्ने बेला सम्बन्धित व्यक्ति नभेटिएकाले कोही पनि पक्राउ नपरेको उनले जानकारी दिए।

अनुगमनका क्रममा बिल बीजकबिना कारोबार गर्दैआएका चारवटा संस्थालाई जरिवानासमेत गरिएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–९ को नर्सिङ कृषि संस्था लिमिटेड, जयबाबा गणिनाथ उपभोक्ता संस्था लिमिटेड, हंस उपभोक्ता संस्था लिमिटेडलाई रु पाँच हजार र कृति टेड्रर्स राजविराजलाई रु बीस हजार जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यादवले बताए। “जरिवाना गरिएकाहरूले जरिवाना बुझाइसकेका छन्  । मल जफत गरिएका संस्थाका व्यक्तिहरू तत्काल नभेटिएकाले त्यसमा कानुनबमोजिम कारबाही अगाडि बढाइएको छ ।” 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology