जनकपुरले एनपीएल जितेको खुसीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले दियो सार्वजनिक बिदा


काठमाडौं । जनकपुर बोल्टस्ले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको खुसीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले एक दिन सार्वजनिक बिदा दिएको छ ।
सुदूरपश्चिमलाई पराजित गर्दै जनकपुर जितेपछि आज बसेको कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको पालिकाले जनाएको छ । आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सबै स्वास्थ्यचौकीमा अत्यावश्यकबाहेक सबैमा स्थानीय बिदा दिइएको छ।
