मेयरसाप

सम्पादकीय

महाशिवरात्री

कर्मचारी

महादेवा गाउँपालिका

काचो स्याउ

राप्ती गाउँपालिका

गुणस्तरहीन दुध

बजेट

मनहरी गाउँपालिकाको भवन शिलान्यास

Mayorsap

शनि, पौष ६, २०८१ | २२:३३ बजे

मकवानपुर । मनहरी गाउँपालिकाको  भवनको आज शिलान्यास गरिएको छ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास गरेका हुन् ।

सहरी विकासमन्त्री सिंहले भवन निर्माण पश्चात् नागरिकलाई सहज र गुणस्तरीय सेवा पु¥याउन सबैलाई आग्रह गरे । निर्माण समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्दै उनले प्रशासनिक भवन निर्माणका क्रममा आवश्यक समन्वय गर्न पालिकालाई निर्देशन दिए । 

गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँको पनि सहभागिता थियो । गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगरले उपस्थित सबैलाई स्वागत गरेकी थिइन् ।

लामो समयदेखि भाडाको घरबाट सेवा दिँदै आएको गाउँपालिकाको आफ्नै भवन भएपछि सेवा प्रवाहमा सहजता आउने उपाध्यक्ष मगरले बताइन् । उनका अनुसार तामाकोसी–ढाँचा निर्माण सेवा जेभी बालाजु–१६ काठमाडौँले भवनको ठेक्का पाएको छ ।

गत असोज १४ गते सम्झौता भएको भवन विसं २०८२ चैत ३० गते सम्पन्न गर्नुपर्ने समय तोकिएको छ । छ कट्ठा क्षेत्रफलमा अपाङ्गमैत्री र नयाँ प्रविधियुक्त तीनतले भवन कूल लागत रु आठ करोड २८ लाख छ हजार एक सय ७८ मा निर्माण गाउँपालिकाका अध्यक्ष कालाखेतीले जानकारी दिए । भवन निर्माण पश्चात् पालिकाले दिने सेवा थप प्रभावकारी हुनुका साथै आर्थिक बचतसमेत हुने उनले बताए । 
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology