मेयरसाप

सम्पादकीय

महाशिवरात्री

कर्मचारी

श्रम बैंक

जानकी गाउँपालिका

तातोपानी गाउँपालिका

जलजला गाउँपालिका

धनगढी उपमहानगरपालिका

प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान

Mayorsap

आइत, पौष ७, २०८१ | ०९:५२ बजे

काठमाडौं । इंग्लिस प्रिमियर लिगको साविक विजेता क्लब म्यानचेस्टर सिटीले अर्को हारको कीर्तिमान लेखाएको छ। जारी सिजनको प्रिमियर लिग चलिरहँदा हारको कीर्तिमान रचेको सिटी शनिबार राति एस्टन भिल्लासँग हारेको हो।

१७ खेलमा नवौं पटक पराजित हुँदा भिल्लाले सिटीलाई २–१ गोलले हरायो। खेलको १६ मिनेटमै भिल्लाले सिटीलाई गोल हानेको थियो। भिल्लाका डुरानको गोलबाट अग्रता लिएको भिल्लाका लागि अर्को गोल रोगेर्सले ६५ मिनेटमा थपेका थिए।

सिटीका फोडेनले खेलको इन्ज्युरी समयमा गोल गरे पनि हार टार्न सिटीले सकेन। यो जितसँग भिल्ला १७ खेलमा २८ अंकसहित लिगको पाँचौं स्थानमा छ। सिटी समान खेलमा २७ अंकसहित छैटौं स्थानमा छ।

लिगको तेस्रो स्थानमा रहेको आर्सनलले शनिबार राति नै क्रिस्टल प्यालेसलाई ५–१ गोलले पराजित गरेको छ। अरू खेलमा न्युक्यासलले इप्स्वीचलाई र नटांघटम फरेस्टले ब्रेनफोर्डलाई पराजित गरेको छ। वेस्टह्याम र ब्राइटन १/१ गोल बराबरीमा रोकिएका छन्।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology