रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
Mayorsap
आइत, पौष ७, २०८१ | १९:३२ बजे

काठमाडौं । रास्वपा सभापति तथा संघीय सांसद रवि लामिछानेलाई निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट पठाइएको पत्र संसद् सचिवालयमा आइपुगेको छ । आइतबार अबेला निलम्बन सिफारिसको पत्र आइपुगेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।
अब यसबारे सोमबार प्रक्रिया अघि बढ्ने उनले बताए । जिल्ला सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा दर्ता गरेसँगै सांसद पदबाट निलम्बनका लागि पत्र आइपुगेको हो ।
रविविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी तीनवटा कसुरमा मुद्दा अघि बढाइसकेको छ । अब उनलाई थुनामा पठाउनेर नपठाउनेबारे अदालतले थुनछेक बहस गर्ने छ र निर्णय सुनाउने छ ।