मेयरसाप

सम्पादकीय

कर्मचारी

महाशिवरात्री

निशुल्क भर्ना

धनुषाधाम नगरपालिका

नौकुण्ड गाउँपालिका

ऐरावती गाउँपालिका

हनुमाननगर कंकालिनी नगरपालिका

व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

Mayorsap

सोम, पौष ८, २०८१ | ०९:०४ बजे

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवालले ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरे । जग्गा भाडामा लिएर उनले आफू सहित दुईजनाको साझेदारीमा रु ३१ लाख लगानीमा छ बिघा क्षेत्रफलमा पोखरी बनाएका हुन् ।  

पोखरीमा बिगेट, रेहु, नैनी, कोमन , पंगास (बैखी) जातको माछा पालिएका छन् । उनले भने,“ वार्षिकरुपमा रु ११ लाखसम्म आम्दानी भएको छ  ।”  पोखरीबाट वार्षिकरुपमा बिगेट, रेहु, नैनी, कोमन प्रजातिको ५० क्विन्टल माछा उत्पादन भएको छ भने पंगास (बैखी) जातको एक सय क्विन्टल उत्पादन भएको उनले बताए । पछिल्लो समय व्यवसायी कटुवालले परम्परागतसँगै नयाँ प्रजातिका माछा उत्पादन गर्दै आएका छन् ।  

जिल्लाका विभिन्न स्थानमा पंगास अर्थात् बैखी माछापालनमा आकर्षण देखिएको छ । किसानले यसको व्यावसायिक उत्पादन सुरु गरेको उनको भनाइ छ । कम क्षेत्रफलमा थोरै लगानीले यो जातको माछा बढी उत्पादन हुने भएकाले यो माछापालनतर्फ स्थानीय किसानको आकर्षण बढी रहेको उनको भनाइ छ ।

सबै उमेर समूहका मानिसले यसको स्वाद मन पराउन थालेपछि पंगास माछापालनलाई व्यावसायिक रूपमा गर्दै आएको उनले जानकारी दिए । परम्परागत माछाभन्दा पंगासको उत्पादन र उत्पादकत्व क्षमता बढी रहेको उनले जानकारी दिए ।  

पंगास माछापालनको क्षेत्रफल वार्षिकरुपमा बढ्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवाले जनाएको छ । सुनसरीमा पाँच सय ८२ हेक्टर क्षेत्रफलमा व्यावसायिक माछापालन हुँदै आएको केन्द्रका निमित्त कार्यालय प्रमुख डा मनोजकुमार महतोले जानकारी दिए । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology