Ad Image

मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1734926406.jpg

काठमाडौं । शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन भएको छ । मानव बेचबिखनविरुद्धकी अभियन्ता दनुवारको ४७ वर्षको उमेरमा सोमबार निधन भएको हो । राति खाना खाएर सुतेकी दनुवार विहान ५ बजे ओछ्यानमै मृत अवस्थामा भेटिएको पारिवारिक स्रोतले बतायो ।

सुनिताका श्रीमानका अनुसार उनलाई बिहान उठाउन खोज्दा नबोलेपछि शरीर छाम्दा चिसो भइसकेको र अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण खुल्न भने बाँकी छ ।

सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी संस्थापक अध्यक्ष हुन् । उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता)को सूचीमा राखेको थियो । 

दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो । सुनिताका श्रीमान र एक छोरी छन् । पछिल्लो समय उनी सुनिता फाउण्डेशन स्थापना गरेर सोही संस्थामार्फत बेचबिखन विरुद्ध क्रियाशील थिइन् ।