मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

ठाँटीकाँध गाउँपालिका

गोदावरी नगरपालिका

विनयी त्रिवेणी गाउँपालिका

छात्रावृत्ति

धनगढी उपमहानगरपालिका

माघ १८ देखि संसदको हिउँदे अधिवेशन बोलाउने तयारी

Mayorsap

सोम, माघ ७, २०८१ | १४:२६ बजे

काठमाडौँ । सरकारले संसदको दुवै सदनको हिउँदे अधिवेशन माघ १८ गतेदेखि बोलाउने तयारी गरेको छ।


मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।


त्यसैले सोमबार बस्ने मन्त्रिपरिषद बैठकले माघ १८ गतेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने तयारी गरेको हो।


यसबारेमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच कुराकानी भएको थियो। संसदको हिउँदे अधिवेशन बोलाउनेबारे प्रधानमन्त्रीले सभामुखसँग परामर्श गरेको स्रोतको भनाइ छ।


‘सरकारले माघ १८ गतेदेखि हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले सभामुखसँगको परामर्शमा कानुन निर्माणमा संसद केन्द्रित हुनुपर्ने कुरा राख्नुभएको छ।’

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology