Ad Image

पोखरा महानगरमा कांग्रेसले लगायो ताला, करारमा कर्मचारी नियुक्ति विवाद चर्किँदै

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1737376595.jpg

पोखरा । पोखरा महानगरपालिकाभित्र करारमा कर्मचारी नियुक्तिको विषयलाई लिएर लामो समयदेखि चल्दै आएको विवाद गहिरिँदै गएको छ । सोमबार बहुमत सदस्य उपस्थित हुँदा हुँदै पनि मेयरले नगरसभा स्थगित गरेको विरोधमा नेपाली कांग्रेसले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

करारमा कर्मचारी नियुक्ति सम्झौता कार्यान्वयन नगर्न दबाब दिँदै नेकपा एमालेले सोमबारको नगर सभा बैठक बहिष्कार गरेको थियो । एमालेका जनप्रतिनिधिले बैठक बहिष्कार गरेपछि मेयर धनराज आचार्यले नगर सभा बैठक स्थगित गरेका थिए ।