मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

रेसुङ्गा नगरपालिका

त्रिशूली

कीर्तिपुर नगरपालिका

जलजला गाउँपालिका

कानेपोखरी गाउँपालिका

कनकाई कप–२०८१ : बेलबारी र सिक्किम फाइनलमा

Mayorsap

सोम, माघ ७, २०८१ | २१:३६ बजे

बनियानी । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा जारी ‘कनकाई कप–२०८१’ भलिबल प्रतियोगितामा मोरङको बेलबारी नगरपालिका र पाहुना टिम भारतको टीभीए सिक्किम फाइनलमा प्रवेश गरेका छन् । सुरुङ्गा जेसीजको आयोजनामा कनकाई माविको खेल मैदानमा  आज भएको सेमिफाइनलमा विजयी हुँदै बेलबारी र पाहुना टिम सिक्किम फाइनलमा प्रवेश गरेका हुन् ।

 

पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई २५–२१, २७–२५ र २५–१७ ले पराजित गर्दै मोरङको बेलबारी नगरपालिका फाइनलमा प्रवेश गर्यो भने दोस्रो सेमिफाइनलमा शिवसताक्षी नगरपालिकालाई २५–२२, २५–६ र २५–१७ को स्कोरले पराजित गर्दै टीभीए सिक्किमले फाइनलको यात्रा तय गरेको हो । बेलबारी र सिक्किमबीच फाइनल खेल मङ्गलबार हुनेछ ।

 

प्रतियोगिताका विजेताले नगद रू एक लाख ११ हजार एक सय ११ र उपविजेताले नगद रू ६१ हजार एक सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका संयोजक जेनिस चौलागाईले जानकारी दिए।

 

सर्वोत्कृष्ट खेलाडीले ३२ इञ्चको स्मार्ट रङ्गीन टेलिभिजन र विभिन्न पाँच विधाका उत्कृष्ट खेलाडीलाई जनही रू पाँच हजार एक सय पुरस्कार प्रदान गरिने सुरुङ्गा जेसीजका सन् २०२४ का अध्यक्ष दुर्गा पाठक ९राजु०ले बताए । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology