मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

बीउ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

डुडुवा गाउँपालिका

बडिगाड गाउँपालिका

जनकपुरधाम उपमहानगरपालिका

अदालतले भन्यो– जन्मको आधारमा नागरिकता नदिने ट्रम्पको निर्णय असंवैधानिक छ, तत्काललाई रोक्नु

Mayorsap

शुक्र, माघ ११, २०८१ | ०८:०८ बजे

न्युयोर्क । जन्मको आधारमा दिने नागरिकताको व्यवस्थालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खारेज गरेको केही समयमै अदालतले निर्णय उल्ट्याएको छ ।  बिहीबार भएको सुनुवाइपछि संघीय न्यायाधीश जोन कोगेनाउरले ट्रम्पको निर्णयलाई स्पष्ट असंवैधानिक भएको भन्दै जन्मको आधारमा दिने नागरिकता खारेजको निर्णयलाई तत्कालका लागि रोक्ने निर्णय गरेका छन्।  

 

सन् १८६८ मा गृह युद्धको अन्त्यपछि भएको १४ औँ संशोधनले अमेरिकी भूमिमा जन्मनेलाई नागरिकता दिने व्यवस्था गरेको हो । १३ औँ संशोधनले दास प्रथाको अन्त्य गरेको हो। यसपछि दासहरूको सन्तानको नागरिक अधिकारको बारेमा बहस सुरु भएपछि १४ औँ संशोधनमा यसमा समावेश गरिएको थियो। यस संशोधनमा यस अघि सन् १८९८ मा अन्तिम पटक बहस भएको थियो। त्यसको १२७ वर्षसम्म यो प्रावधानमा कुनै विवाद र बहस भएको थिएन। संघीय न्यायाधीशको यो निर्णयपछि अहिले ट्रम्पको अर्को निर्णय के हुने भन्ने विषयमा धेरैको चासो रहेको छ।

 

रोनाल्डले नियुक्त गरेका सिटलका न्यायाधीश कोगेनाउर समक्ष वासिङ्टनका महान्यायाधिवक्ता जनरल निक ब्राउनका साथमा अन्य तीन डेमोक्र्याटको नेतृत्व भएको राज्यको तर्फबाट ट्रम्पको निर्णयको विरुद्धमा न्यायालयमा निवेदन दिएका थिए। ब्राउनले यस निर्णयको स्वागत गर्दै अन्य राज्यको निर्णयलाई पनि पर्खिएको बताए। उनले ट्रम्पको निर्णयका कारण यसै वर्ष जन्मिएका तथा जन्मन आँटेका हजारौँ बालबालिकाको भविष्य संकट पारेको जिकिर गरेका छन्।
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology