मेयरसाप

काठमाडौं महानगरपालिका

बजेट

रोजगारी

केपी ओली

गौरीगङ्गा नगरपालिका

भानु नगरपालिका

साँगुरीगढी गाउँपालिका

बडिमालिका नगरपालिका

एम्बुलेन्स

मेयर हर्ककाे अख्तियारलाई जवाफी पत्र: .....खेदो नखन्नु, तिर्खाएका मानिसहरूको श्राप लाग्ला

Mayorsap

शुक्र, माघ ११, २०८१ | १४:१७ बजे

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्कराज साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जवाफी पत्र पठाएका छन्। उनीविरुद्ध खानेपानी आयोजना निर्माणमा अनियमितता गरेको आरोप लगाउँदै आयोगमा उजुरी परेपछि अख्तियारले उनीसँग जवाफ मागेकाे थियाे । सोही विषयमा मेयर साम्पाङले शुक्रबार जवाफी पत्र पठाएका हुन्।

 

धरानमा पानीकाे समस्या अझै रहेकाे भन्दै मेयर हर्क थोत्रे गाग्री लिएर सिंहदरवार पनि आएका थिए । उनी सिंहदरबारबाट धरान नपुग्दै अख्तियारले उनीमाथि स्पष्टिकरण साेधेकाे हाे ।


उनले पत्रमा केन्द्र सरकारबाट कोशीको पानी ल्याएर खुवाउने सम्भावना नभएपछि बोर्डको स्वायत्त अधिकार प्रयोग गरी समर्थक र सहयोगीहरूको आर्थिक र भौतिक सहयोग लिएर कोकाहा खानेपानी श्रमयोजना २ चलिरहेको पनि जानकारी दिएका छन् ।

 

साम्पाङले जवाफी पत्रमा भनेका छन्, “उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो ? कति दिन श्रमदान गर्‍याे ? को हो त्यो ? बुझेर लेखिपठाउनु होला, धरानको हो कि धरान बाहिरको हो, त्यो फटाहा ? अचम्म लाग्छ, यत्रो दुःख गर्दा नि ताली नबजाको देख्दा । राज्यको ढुकुटी खर्चेर बनाएको मेलम्ची, दमक टावर जस्ता कुरा तिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है, नखन्नु, तिर्खाएका मानिसहरूको श्राप लाग्ला । पानी भनेको विकास होइन, जीवनको आधार, मानिसको आधारभूत आवश्यकता हो । पानीमा राजनीति गर्नु हुँदैन । पानी माग्न जनता त्यता आउलान है फेरि ।”


 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology