मेयरसाप

कर्मचारी

सम्पादकीय

शिक्षा

महाशिवरात्री

बजेट

स्थानीय सरकार

छाँयानाथ रारा नगरपालिका

वडा

छेडागाड नगरपालिका

स्वास्थ्यकर्मी

कोहलपुर नगरपालिका

रसुवामा निःशुल्क स्वास्थ्य शिविर, बाह्र जनाको पाठेघरमा समस्या

Mayorsap

आइत, माघ १३, २०८१ | १६:०७ बजे

रसुवा । स्थानीय महिलाको स्वास्थ्यावस्थालाई लक्षित गरी उत्तरी रसुवाको स्याफ्रुबेँसीमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा एक सय पाँच महिलाको पाठेघर परीक्षण गरिएको छ ।
     

स्थानीय लाङ्टाङ लिरूङ अस्पतालमार्फत गरिएको पाठेघरसम्बन्धी ‘भिआइए’  परीक्षणबाट  १२ जनामा ‘पोजेटिभ’ देखिएको सञ्चालक डा. जीवन तामाङले जानकारी दिए । परीक्षणका क्रममा पाठेघरमा समस्या देखिएका बिरामीलाई विशेषज्ञ चिकित्सकको सम्पर्कमा राखी आवश्यक परामर्श दिने काम सुरु भएको अस्पतालले जनाएको छ । अब स्थानीयस्तरमा परामर्शसहित बिरामीको उपचार व्यवस्था गरिने र जिल्लामा उपचार सम्भव नहुने देखिए जोखिमको अवस्था हेरी काठमाडौँसहित अन्यत्रका विशष्टिकृत अस्पतालमा पठाइने नीति रहेको अस्पतालले स्पष्ट गरेको छ ।
 

यसअघि जिल्लामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा छ जना महिलाको पाठेघरको मुखमा क्यान्सरको लक्षण देखिएपछि स्त्रीरोग विषेशज्ञ डा. पुनम लामाको नेतृत्वमा उपचार व्यवस्था मिलाइको अस्पतालले जनाएको छ ।
 

सञ्चालक डा. तामाङका अनुसार स्थानीय जनतालाई लक्षित गरी निजी क्षेत्रबाट खोलिएको सो अस्पतालले हालसम्म जिल्लाको एक हजार पाँचसयभन्दा बढी बिरामीको स्वास्थ्योपचार गरिसकेको छ ।  


विशेषगरी ग्रामीण भेगका महिलाले आफूलाई परेको समस्या खुलस्त रूपमा नभन्ने र लाज मानेर अस्पतालसमेत नजाने गरेका सन्दर्भमा महिला चिकित्सकबाटै आवश्यक परामर्शसहित स्वास्थ्य सेवा दिँदै आएको अस्पतालले जनाएको छ ।
         

यसैगरी कुनै पनि किसिमको रोग लागेमा वा लाग्ने लक्षणको सङ्केत देखिएमा नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा यथासक्य छिटो सम्पर्क गर्न तथा सरसफाइलाई विशेष ध्यान दिन अस्पतालले स्थानीयवासीसँग अनुरोध गर्दै आएको छ ।    

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology