मेयरसाप

कर्मचारी

सम्पादकीय

शिक्षा

महाशिवरात्री

बजेट

स्थानीय सरकार

रामगोपाल नगरपालिका

उपनिर्वाचन

मेयर्स फोरम

नरैनापुर गाउँपालिका

तिला गाउँपालिका

इम्सनको अध्यक्षमा पुनः रामराजा श्रेष्ठ चयन, महासचिव पनि दाहोरिए

Mayorsap

आइत, माघ १३, २०८१ | १६:१६ बजे

काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरूको साझा संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)को अध्यक्षमा रामराजा श्रेष्ठ पुनः चयन भएका छन्। संस्थाको काभ्रेको थुम्की रिसोर्टमा सम्पन्न सातौं वार्षिक साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मतिमा पुनः चयन गरेको हो।


यसैगरी संस्थाको उपाध्यक्षमा इक्वीटी नेपाल डट कमका लोचन खतिवडा र टक्सार म्यागजिनका हिम बिष्ट चयन भएका छन्। संस्थाको महासचिवमा सिंहदरबार डट कमका नारायण पौडेल दोहोरिएका छन् भने सचिवमा अर्थपथ डट कमबाट विष्णु तारुके, कोषाध्यक्षमा इन्स्योरेन्स खबर डटकमका केशव भण्डारी, सहसचिवमा आर्थिक आवाज डट कमका सुरेन्द्र पौडेल चयन भएका छन्।


संस्थाको सदस्यहरूमा अर्थ संसार डट कमका प्रतिनिधि मिलन खड्का, आर्थिक पार्टी डट कमका मदन लामिछाने, मेरो अटो डट कमका उज्ज्वल घिमिरे र हाम्रो अर्थ डटकमका दीपक भट्ट सर्वसम्मत चयन भएका छन्।


संस्थाको शुक्रबार सम्पन्न साधारण सभाले आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको हो । इम्सनले देशमा आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र बीच रहेर पुलको काम गर्दै आएको छ। नवनिर्वाचित अध्यक्ष रामराजा श्रेष्ठले आफ्नो आगामी कार्यकालमा आर्थिक मिडिया सञ्चालकहरूको हितमा काम गर्दै राष्ट्रको आर्थिक विकासमा योगदान पुर्‍याउन सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे।साथै अहिलेको विषम परिस्थितिमा निजी क्षेत्रहरूलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण गर्न सरकारसँग नीतिगत रुपमा लबिङ गर्ने समेत उनले जानकारी दिए। संस्थामा २७ मा आर्थिक मिडियाहरू आबद्ध छन्।


संस्थाको पहिलो कार्यसमिति बैठकले अनुशासन समितिको संयोजकमा न्यूज एजेन्सी नेपालका सविन धमलालाई चयन गरेको छ । आचार संहिता समितिको संयोजकमा आर्थिक भ्वाइस डटकमका बिजय फुयाँलललाई चयन गरेको छ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology