मेयरसाप

कर्मचारी

सम्पादकीय

शिक्षा

महाशिवरात्री

बजेट

स्थानीय सरकार

पैयुँ गाउँपालिका

‘मेयरसँग युवा’

हरिवन नगरपालिका

आठबिसकोट नगरपालिका

वीरेन्द्रनगर नगरपालिका

अछाममा २ किशोरीको मृत्यु प्रकरणः २ किशोर पक्राउ

Mayorsap

सोम, माघ १४, २०८१ | १०:०६ बजे

धनगढी । अछाममा दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

 

ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनामा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी नायब उपरीक्ष क-डीएसपी) ईश्वरी भण्डारीले मृतक किशोरसँग गोठालो गएका दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए । २० वर्षमुनिका उनीहरूको परिचय भने खुलाइएको छैन् ।

शनिबार घरबाट बाख्रा चराउन गएका दुवै किशोरी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा दुवै जना मृत अवस्थामा फेला परेका थिए ।

 

टाउको र शरीरमा गम्भीर चोट लागेको अवस्थामा भेटिएका उनीहरूको शव परीक्षणका लागि भेरी प्रादेशिक अस्पताल लगिएको प्रहरीले छ ।

 

प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेर पनि अनुसन्धान गरिरहेको छ । मृतकका आफन्तले घटना शंकास्पद रहेकाले अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

 

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको शव भेटिएको माथिपट्टी भिर रहेको र उनीहरूको शवभन्दा तल माथिबाट ठूलो ढुङ्गा खसेको छ ।

 

ढुंगा खसेर चोट लागेको जस्तो देखिए पनि शव परीक्षण रिपोर्टबाट धेरै तथ्यहरू खुल्ने प्रहरीले गरेको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology