मेयरसाप

कर्मचारी

सम्पादकीय

शिक्षा

महाशिवरात्री

बजेट

स्थानीय सरकार

‘मेयरसँग युवा’

कला

लमही नगरपालिका

रमेश लेखक

दशरथचन्द नगरपालिका

प्रधानमन्त्री कार्यालयमा हेलो सरकार मार्फत गुनासो

सार्वजनिक विद्यालयहरूको शौचालय सफा राख्न मन्त्रालयको परिपत्र

Mayorsap

सोम, माघ १४, २०८१ | १२:५७ बजे

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयहरूको शौचालय सफा राख्न परिपत्र गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत शौचालय सफा राख्न परिपत्र गरेको हो।


शौचालय फोहोर भएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुनासो परेको थियो। प्रधानमन्त्री कार्यालयले शिक्षा मन्त्रालयलाई पत्राचार गरेर सफा गर्न भनेको थियो ।


सरकारी कार्यालय र सरकारी विद्यालयमा शौचालय फोहोर भएको गुनासो हेलो सरकार मार्फत प्रधानमन्त्री कार्यालयमा आएको हो । सोही आधारमा शिक्षा मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्राचार गरेको थियो। मन्त्रालयले विद्यालयको शौचालयहरूमा आवश्यक मापदण्ड कार्यान्वयन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिएको हो।


केन्द्रले समेत ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गरेर विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि, २०७५ को अनुसूची–१ बमोजिमको मापदण्ड पालना गराउन भनेको छ।


विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छतासहितको व्यवस्था गराउन आफ्नो जिल्लाका विद्यालयहरूमा स्थानीय तह मार्फत मापदण्ड कार्यान्वयन गर्न गराउन सहजीकरण गर्नु अनुरोध गरेको हो।
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology