मेयरसाप

शिक्षा

शिक्षक

कृषि अनुदान

बालमैत्री

रवि लामिछाने

फिदिम नगरपालिका

पैयूँ गाउँपालिका

बेनी नगरपालिका

आन्दोलन

कृषि अनुदान

एकल र असक्त महिलालाई घोराही उपमहानगरपालिकाले बाँड्यो कुखुरा

Mayorsap

मंगल, माघ १५, २०८१ | १०:३८ बजे

दाङ । घोराही उपमहानगरपालिका–८ की मीता चौधरी एकल महिला हुन् । उनको चार जनाको परिवार छ । श्रीमानको मृत्यु भएको १५ वर्ष भयो । आर्थिक अवस्था कमजोर भएकाले ज्याला, मजदुरी गरेर छोराछोरीलाई हुर्काएको उनीले बताउँछिन्। घोराही उपमहानगरपालिका कृषि तथा पशु व्यावसाय प्रबन्धन शाखाले एकल तथा असक्त महिलालाई कुखुरा वितरण गरेपछि उनी उत्साहित भएकी छिन् । पालिकाले उनलाई १७ वटा कुखुराका चल्ला दिएको छ । उनले भनिन्, “यिनै कुखुरालाई राम्रोसँग पालन गरे भने आम्दानी बढ्नेमा ढुक्क छु ।”     
     
घोराही–४ लक्ष्मीपुरकी प्यारी चौधरी पनि एकल महिला हुन् । उनको श्रीमान्को निधन भएको सात वर्ष भयो । पाँच जनाको परिवार छ । आर्थिक अवस्था कमजोर छ । पालिकाले १७ वटा कुखुरा निःशुल्क दियो अब आर्थिक पक्ष सुधार हुने उनको आशा छ । पालिकाले जारी गरेको सूचनाका आधारमा निवेदन दिएका हाँै । पालिकाले एकल र असक्त महिलालाई प्रोत्साहनस्वरुप राम्रो कार्यक्रम ल्याएकोले धेरै खुसी लागेको उनले बताइन् ।     
     
घोराही उपमहानगरपालिका कृषि तथा पशु व्यवसाय प्रबन्धन शाखा प्रमुख श्रीधर अधिकारीका अनुसार, एकल तथा असक्त एक सय महिलालाई कुखुराका चल्ला विरतण गरिएको छ । पालिकाका १९ वटै वडाका नागरिलाई सूचना पुर्याएको र उनीहरूले माग गरेका आधारमा अण्डा र मासु उत्पादनका लागि कुखुराका चल्ला वितरण गरिएको हो । ‘न्यु हेम्पसाएर’ र ‘अष्ट्रोलोप’ जातका छ हप्ताका कुखुरा वितरण गरिएको छ । एघार जना असक्त र ८९ जना एकल गरी एक सय जनालाई रु चार लाख मूल्य बराबरका कुखुरा विरतण गरिएको अधिकारीले बताए ।     
     
पालिकाले सूचना निकाल्यो एकल र असक्त त्यसमा पनि आर्थिक रूपमा विपन्न महिलाले परिचयपत्रका आधारमा निवेदन दिए । पालिकाको छनोट समितिले छनोट गरेकालाई मात्र वितरण गरिएको हो । पालिकाभित्रका असक्त र एकल महिलाको आर्थिक अवस्था राम्रो होस् भनेर सहयोग गरेको उनले बताए ।        

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology