मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

शिक्षा

शिक्षक

पञ्चदेवल विनायक नगरपालिका

राष्ट्रिय महिला आयोग

स्वामिकार्तिक खापर गाउँपालिका

यशोधरा गाउँपालिका

औद्योगिक ग्राम

बेनी नगरपालिकाले पशुपालक किसानलाई उत्पादनमा आधारित अनुदान दियो

Mayorsap

मंगल, माघ १५, २०८१ | ११:०५ बजे

काठमाडौँ । म्याग्दीको बेनी नगरपालिकाले पशुपालक किसानलाई उत्पादनमा आधारित अनुदान दिन थालेको छ । सुरुमा अनुदान दिँदा कृषकहरू व्यावसायिक बन्न नसकेपछि उत्पादन गरेपछि प्रोत्साहन पाउने नीति लिएको हो ।


गत आर्थिक वर्षदेखि सुरु भएको यो कार्यक्रमलाई नगरपालिकाले चालु आवमा पनि निरन्तरता दिएको छ । कृषकहरूलाई मासु र दूधमा आत्मनिर्भर बनाउन सञ्चालित उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई चालु आवमा पनि निरन्तरता दिइएको नगरप्रमुख सुरत केसीले बताए ।


उनका अनुसार चालु आर्थिक वर्षमा न्यूनतम १० वटा माउ बाख्रापालक कृषकलाई प्रोत्साहनका लागि ७ लाख ५० हजार, दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि ५ लाख ५० हजार र पशुपंक्षी तथा माछाको बिमा प्रिमियम शुल्कमा १० प्रतिशत अनुदान दिन १ एक लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।


उक्त अनुदान पाउन ३० बाख्रा र १९ वटा गाईभैँसी फार्मले आवेदन पेस गरेका थिए । नगरले उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बनाएर कार्यान्वयनमा ल्याएको छ ।  


बाख्रातर्फ १० देखि १४ वटा पाल्नेको  १२ हजार, १५ देखि १९ को रु. १८ हजार, २० देखि २९ को ३५ हजार र ३० भन्दाबढीको ४० हजार रुपैयाँ अनुदान पाउने व्यवस्था छ।


गाईभैँसीतर्फ तीनदेखि चार वटा पाल्नेको १० हजार, पाँचदेखि आठ वटाको रु २० हजार, ९ देखि १३ वटाको ३५ हजार र १४ भन्दाबढीको ४५ हजार रुपैयाँ अनुदान पाउने मापदण्ड छ ।


गत वर्ष ३२ जना बाख्रापालक कृषकले ६ लाख ४४ हजार ९८९ रुपैयाँ र १८ जना दूग्ध उत्पादक कृषकले ५ लाख रुपैयाँ अनुदान पाएका थिए ।


पशुपालक कृषकलाई व्यावसायिक बनाउन र टिकाउन कार्यक्रमले सहयोग पुगेको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताउँछिन्। कृषि क्षेत्रमा आत्मनिर्भर हुन किसान केन्द्रित विविध कार्यक्रमलाई जोड दिएको बेनी नगरपालिका–४ सिङ्गामा चिस्यान गृह सञ्चालन गरिएको उनको भनाइ छ ।
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology