मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

बजेट

स्थानीय सरकार

मर्स्याङ्दी गाउँपालिका

पर्यटन

सुनिता डंगोल

डुडुवा गाउँपालिका

घरपझोङ गाउँपालिका

अखिल क्रान्तिकारीको अवरुद्ध मतगणना फुक्याे, दुई पक्षबिच निर्वाचन समितिको निर्णय मानेर जाने सहमति

Mayorsap

मंगल, माघ १५, २०८१ | १४:२४ बजे

काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको अवरुद्ध मतगणना नरोक्ने समझदारी भएको छ । नेतृत्व छनोटका लागि शनिवार भएको निर्वाचन अन्तर्गत विश्वविद्यालय र उपत्यका विशेष प्रदेशको मतगणना अध्यक्षका उम्मेदवार विजयप्रकाश शर्मा सापकोटा र हेमन्त राई पक्षबिच विवाद हुँदा मतगणना कार्य रोकिएको थियो ।


पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा अध्यक्षका उम्मेदवारहरू, निर्वाचन समिति र विद्यार्थी सङ्गठनका इन्चार्ज हिमाल शर्मासहित सर्वपक्षीय बैठकले मतगणना नरोक्ने समझदारी बनेको क्रान्तिकारीका नेता मदन भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार मतगणना अगाडि बढाउन अध्यक्षका उम्मेदवारले लिखित रूपमा राय निर्वाचन समितिलाई दिने  र समितिको निर्णय मानेर जाने सहमति भएको छ ।


‘मतगणना नरोक्ने सहमति भएको छ । अध्यक्षका उम्मेदवारहरूले लिखित राय दिनुहुन्छ । त्यही रायका आधारमा निर्वाचन समितिले निर्णय गर्छ । सायद ३ बजेबाट मतगणना सुरु हुन्छ होला’, उनले भने ।


मतपत्रमा प्रयोग भएको निर्वाचन आयोगले तय गरेको मसीलाई मात्र मान्यता दिने कि अन्य मसीलाई पनि मान्यता दिने विषयमा दुई पक्षबिच विवाद भएको थियो । सापकोटा पक्षले सबै मसीलाई मान्यता दिनुपर्ने अडान राखेको थियो भने राई पक्षले आयोगले तोकेको मसीलाई मात्र मान्यता दिनुपर्ने अडान राखेको थियो ।


पछिल्लो समय मतपेटीका पेरिसडाँडा लैजाने विषयमा विवाद हुँदा मतगणना कार्य प्रभावित हुँदै आएको थियो । दुवै प्रदेशमा गरी ५२२ मत गन्न बाँकी छ । अन्य प्रदेशको मतगणना सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ । अहिलेसम्म २० मतले सापकोटा अगाडि रहेका छन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology