मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

स्थानीय सरकार

कृषि अनुदान

कालीगण्डकी गाउँपालिका

मिक्वाखोला गाउँपालिका

उपाध्यक्ष

मध्यपुर थिमि नगरपालिका

सीप

एक वर्षमा ६६ हजार ८३५ जनाले स्थायी बसोबासका लागि देश छाडे

Mayorsap

बुध, माघ १६, २०८१ | १६:०२ बजे

काठमाडौं । नेपालबाट स्थायी बसोबासका लागि भन्दै एक वर्षको अवधि (सन् २०२४) मा ६६ हजार ८३५ जनाले देश छाडेका छन् ।


अध्यागमन विभागको तथ्यांक अनुसार जसमा ३२ हजार २८७ महिला र ३४ हजार ५४४ जना पुरुष छन् । एक वर्षको अवधिमा कुल १६ लाख ७४ हजार २२५ जना नेपाली विदेश गएका छन् ।


जसमध्ये अस्थायी बसोबासको प्रयोजनका लागि विदेशिने नागरिकको संख्या १ लाख ८२७ रहेको छ । सबैभन्दा धेरै संख्या भने कामको खोजिमा विदेशिनेको रहेको छ ।


स्थायी बसोबासमा लागि देश छाड्नेको संख्या तुलनात्मक रुपमा भने केही घटेको छ । सन् २०२३ मा ७० हजार ९१५ जनाले स्थायी बसोबासका लागि नेपाल छाडेका थिए ।


यस पटक सो संख्या ६६ हजारमा झरेको देखिनछ । अस्थायी बसोबासमा देश छाड्ने भने यस पटक बढेका छन् । गत वर्ष ९२ हजार ३४९ जनाल देश छाडेको विभागले जनाएको छ ।


विभागका अनुसार एक वर्षमा नेपालबाट कामको खोजिमा ८ लाख ५६ हजार ४२२ नेपाली विदेशिएका छन् । जसमा ९६ हजार १९७ महिला र ७ लाख ६९ हजार ८९० पुरुष छन् ।


अध्ययनमा १ लाख १९ हजार ४०९ जना विदेशिएका छन् । स्वास्थ्य उपचारमा १८ हजार ७१३ जना नेपाली विदेशिएको विभागको तथ्यांकमा उल्लेख छ । यूएन मिसनमा ५ हजार ८४७ जना विदेशिएको देखिन्छ । खेलकुदजन्य गतिविधिका लागि २ हजार ६८०९ जना विदेश गएका थिए ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology