मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

स्थानीय सरकार

कृषि अनुदान

किसान

सिराहा नगरपालिका

मालिका गाउँपालिका

बान्नीगढी जयगढ गाउँपालिका

गोपाल हमाल

सहिदको बलिदानकै कारण उज्यालो युग आयोः सभामुख घिमिरे

Mayorsap

बुध, माघ १६, २०८१ | १९:२४ बजे

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहिदको बलिदानका कारण मुलुकमा स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा उज्यालो युग आएको बताएका छन् । उनले स्वास्थ्य उपचारका क्षेत्रमा नागरिकले पाइरहेको सुविधा सहिबदको बलिदानबाट प्राप्त लोकतान्त्रिक शासन व्यवस्थाको प्रतिफल भएको धारणा व्यक्त गरे ।    

    
‘हेल्पिङ हेन्ड फर रिलिफ डेभलेपमेन्ट’ले विर्तामोड नगर अस्पताललाई सहिद दिवसको अवसर पारेर आज प्रदान गरेको चिकित्सा सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि भएको बताए ।     
    
“विसं २०४० तिर विर्तामोडमा उपचार गर्ने ठाउँ नभएर मानिस भारतको सिलिगुढी जान बाध्य थिए”, अहिले झापा स्वास्थ्य क्षेत्रको केन्द्र बनिरहेको उदाहरण दिँदै उहाँले भन्नुभयो, “अहिले आँखा र क्यान्सरको उपचार गर्न भारतबाट मानिसहरू विर्तामोड आउने गरेका छन् ।”   
    
राणा शासन र पञ्चायती व्यवस्थामा जनताले स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा अँध्यारो युग व्यहोर्नु परेको उल्लेख गर्दै सभामुख घिमिरेले नागरिकले स्वतन्त्रतापूर्वक जिउन पाउने अधिकारका लागि बलिदान दिने सहिदहरूको योगदानलाई कहिल्यै भुल्न नहुने बताए । उनले स्वास्थ्य बिमामार्फत हुने उपचारलाई अझ व्यवस्थित र भरपर्दो तुल्याउनुपर्ने आवश्यकता औँल्याउँदै निःशुल्क उपचार दिँदै आएका सरकारी अस्पतालहरूलाई निजी क्षेत्रका अस्पतालसँग प्रतिस्पर्धा गर्नसक्ने सुविधासम्पन्न बनाउन राज्यले भरपुर सहयोग दिनुपर्ने सुझाव राखे ।     
    
दुई करोडको अस्पताल सामग्री सहयोग     
    
संस्थाले झापाका चार वटा सरकारी स्वास्थ्य संस्थालाई रू. दुई करोड मूल्यका चिकित्सा सामग्री सहयोग गरेको छ ।     
   
विर्तामोड नगर अस्पताल र खुदुनावारी स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको सामग्री सभामुख घिमिरेको उपस्थितिमा आज दातृ संस्थाले हस्तान्तरण गरेको हो । ‘हेल्पिङ हेन्ड फर रिलिफ डेभलेपमेन्ट’ का नेपाल संयोजक जीवप्रसाद पोखरेलले सभामुख घिमिरेको पहलमा विर्तामोड नगर अस्पताललाई रू. ७० लाख मूल्य बराबरको चिकित्सा सामग्री आज हस्तान्तरण गरिएको बताए ।      
  
आजै अर्जुनधाराको खुदुनाबारी स्वास्थ्य केन्द्रलाई रू. २७ लाख मूल्य बराबरको चिकित्सा सामग्री सभामुख घिमिरेकै उपस्थितिमा हस्तान्तरण गरिएको छ । झापा गाउँपालिकाको आधारभूत अस्पताल र कमल गाउँपालिकास्थित आयूर्वेद अस्पताललाई मङ्गलबार ‘हेल्पिङ हेन्ड फर रिलिफ डेभलेपमेन्ट’ले चिकित्सा सामग्री प्रदान गरिसकेको छ ।     
   

‘हेल्पिङ हेन्ड फर रिलिफ डेभलेपमेन्ट’ स्वास्थ्य र शिक्षाका क्षेत्रमा विसं २०७२ को महाभूकम्पपछि राहत तथा विकास सहयोग प्रदान गर्दै आएको अमेरिकी दातृ संस्था हो । यसले ‘वर्क फर नेपाल’ नामक गैरसरकारी संस्थामार्फत सो दातृ संस्थाको सहयोग वितरणको व्यवस्थापनको कार्य गर्दै आएको संस्थाका अध्यक्ष तिलचन्द्र अधिकारीले बताए ।     
  
विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले इसीजी, शल्यक्रिया, ओपिडी, बर्थिङलगायतका कार्यमा प्रयोग हुने एक सय ३६ प्रकारका महत्त्वपूर्ण चिकित्सा सामग्री आज प्राप्त भएको बताइन्।     
 

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology