मेयरसाप

बजेट

काठमाडौं महानगरपालिका

रोजगारी

केपी ओली

नलगाड नगरपालिका

काठमाडौं महानगरपालिका

बान्नीगढी जयगढ गाउँपालिका

नगर विकास कोष

बजेट

नेपाल गणित समाजको सभापतिमा डा. श्रीराम खड्का विजयी उन्मुख

प्रतिस्पर्धीले स्वीकारे हार

Mayorsap

शनि, माघ १९, २०८१ | २२:३२ बजे

काठमाडौं । नेपाल गणित समाजको केन्द्रीय सभापतिमा सहप्राध्यापक डा. श्रीराम खड्का विजयी भएका छन् । शनिबार त्रिभुवन विश्वविद्यालयमा सम्पन्न भएको निर्वाचनमा खड्का विजयी उन्मुख भएका हुन् । निर्वाचनमा कुल ५३१ मत खसेको छ । कुल ४ सय मत गणना गरिसक्दा खड्काले २५९ मत पाएका छन् भने उनका प्रतिस्पर्धी डा. जिवन काफ्लेले १३६ मत मात्र पाएका छन् । अब गणना हुन बाँकी १३६ मत रहेको छ । 


 

डा. काफ्लेले हार स्वीकार्दै डा. खड्कालाई बधाई तथा शुभकामना दिएका छन् । यसैगरीे उप–सभापतिमा डा. परमेश्वरी कट्टेलले २९८ मत ल्याउँदा उनका प्रतिस्पर्धी डा. अजयकुमार चौधरीले ९४ मत ल्याएका छन् । सचिवमा भने डा. रमेश गौतमले २८३ मत ल्याउँदा उनका प्रतिस्पर्धी टेकबहादुर बुढाथोकीले १०६ मत ल्याएका छन् । 

त्यसैगरी सह–सचिवमा विष्णुप्रसाद भण्डारीले १४७ मत ल्याउँदा डा. नवराज अधिकारीले २०४ मत प्राप्त गरेका छन् । अन्य पदाधिकारी तथा सदस्यहरुको पनि मत गणना भइरहेको छ । कोषाध्यक्षमा डा. सरस्वती आचार्य निर्विरोध निर्वाचित भएकी छन् । 
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology