Ad Image

नयाँ भवनबाट मौलाकालिका अस्पतालको सेवा सुरु

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738485440.jpeg

चितवन । मौलाकालिका अस्पतालले नवनिर्मित भवनमा सेवा सुरु गरेका अवसरमा बहिरङ सेवा (ओपिडी) निःशुल्क र अन्य सेवामा ५० प्रतिशत छुटको घोषणा गरेको छ ।


भरतपुर महानगरपालिका–१० विमानस्थल नजिक रहेको अस्पतालले सोमबारदेखि आफ्नै नयाँ भवनबाट सेवा दिन लागेको हो । भरतपुर महानगरपालिका–११ बाइपास रोडमा रु ३५ करोडको लागमा निर्माण गरिएको छ तले सुविधासम्पन्न अत्याधुनिक भवनबाट सेवा सुरु गर्न लागेको अस्पतालका अध्यक्ष डा. माणिकलाल मानन्धरले जानकारी दिए ।


आज आयोजित पत्रकार सम्मेलनमा उनले स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालनका लागि अस्पताललाई एक सय शय्यासहित आफ्नै भवन अनिवार्य हुनुपर्ने भएकाले नयाँ भवन निर्माण गरेको बताए ।  


अस्पतालका प्रबन्ध निर्देशक डा. केशवराज भुर्तेलले नयाँ भवनबाट आकस्मिक सेवासहितका सबै खालका सेवा दिन लागिएको बताए । सरकारले हरेक अस्पतालमा विपन्नका लागि दिने १० प्रतिशत निःशुल्क सेवालाई यस अस्पतालले पनि दिँदै आएको उनले बताए । उनका अनुसार निःशुल्क सेवा भए पनि १० प्रतिशत पुर्याउन नसकिएको उनको भनाइ थियो ।