मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

राजनीतिक दल

राष्ट्रिय प्रतिभा पुरस्कार

स्तनपान कक्ष

चामुण्डा बिन्द्रासैनी नगरपालिका

न्यायिक समिति

गोरखा नगरपालिका

गुल्मीकाे देउराली मावि विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Mayorsap

मंगल, माघ २२, २०८१ | ११:०१ बजे

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मीको कालीगण्डकी गाउँपालिका–१ मा रहेको देउराली माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोपमा अख्तियारले देउराली माविको व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष नगेन्द्रप्रसाद सापकोटा, तत्कालीन प्रधानाध्यापक मित्रलाल पाण्डे, सहायक लेखा प्रेमनारायण पाण्डेय, व्यवस्थापन समितिका तत्कालीन सदस्यहरू वेदबहादुर राना मगर, लक्ष्मी भण्डारी न्यौपाने, पदमपानी पाण्डे, सरस्वती पाण्डे, ईश्वरा दर्लामी र बलबहादुर न्यौपानेविरुद्ध मुद्दा दायर गरेको हो ।

 

उनीहरूले शिक्षक छनोटको कानूनी प्रक्रिया पूरा नगरी बेपत्ता रहेका भनिएको व्यक्तिको शैक्षिक प्रमाणपत्र दुरुपयोग गरी नियुक्ति दिएको, नक्कली कागजात बनाई विद्यालयमा अनुपस्थित शिक्षकका नाममा पारिश्रमिक निकासा गराएको आरोपपत्रमा उल्लेख छ ।

 

नौ जनालाई जनही आठ लाख ८७ हजार आठ सय ८० रुपैयाँ बिगो माग गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology