मेयरसाप

शिक्षा

शिक्षक

केपी ओली

बालमैत्री

तिलागुफा नगरपालिका

धुलिखेल नगरपालिका

गोरीकला बुढा

मेलौली नगरपालिका

कला

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झाको मुद्दाको पेसी सुवेदी र निरौलाको इजलासमा तोकियो

Mayorsap

मंगल, माघ २२, २०८१ | ११:४५ बजे

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतको आदेशले थुनामा रहेका वेचन झाले दायर गरेको मुद्दाको पेसी तोकिएको छ।


उक्त मुद्दा न्यायाधीशद्धय नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिएको हो ।


झा पूरक अभियोगपत्रबाट शरणार्थी प्रकरणमा जोडिएका थिए। पहिलो अभियोग पत्र दायर हुनुअघि भएको अनुसन्धानमा उनी फरार रहेका थिए । पछि भारतबाट पक्राउ गरी ल्याउँदै सरकारले जिल्ला अदालत काठमाडौँमा पूरक अभियोग पत्र दर्ता गराएको थियो ।


उक्त अभियोगमा जिल्लाले पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसविरुद्ध झा सुरुमा उच्च अदालत पाटन पुगे । पाटनले पनि जिल्लाकै सदर गरेपछि उनी माघ २ गते  सर्वोच्च अदालत पुगेका थिए ।  झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् । झाको हकमा माघ ३ गते पहिलो सुनुवाइ हुँदै सर्वोच्चबाट कारण देखाऊ आदेश जारी भएको थियो । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology